रौतहट क्षेत्र नं. ३ अन्तर्गत कटहरिया नगरपालिका–७, बगही मा आयोजित एक कार्यक्रम मा गरुडा नगरपालिका का मेयर प्रत्यासी एवं नेपाली कम्युनिष्ट पार्टी का नेता बृजकिशोर यादवले रौतहट क्षेत्र नं ३ मा परिवर्तन का लागि महिला उम्मेदवार पुनम यादव उपयुक्त रहेको बताएका छन् ।>
बृजकिशोर यादव ले स्वागत मन्तव्य राख्दै पुनम यादवप्रति आफ्नो समर्थन व्यक्त गर्दै भने, “परिवर्तनका लागि पुनम यादव नै उपयुक्त उम्मेदवार हुन्। यसपटक केवल भाषण होइन, काम देखाउने नेतृत्व रोज्नुहोस्। मेरो सुझावमा रौतहट–३ को विकासका लागि पुनम यादवलाई तारा छापमा मत दिनुहोस्।”>
कार्यक्रममा मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले रौतहट–३ को समग्र विकासका लागि अब विश्वासयोग्य र परिणाममुखी नेतृत्व आवश्यक भएको स्पष्ट पारे। उनका अनुसार पुनम यादवले युवालाई अवसर, महिलालाई सशक्तिकरण र किसानलाई संरक्षण दिने स्पष्ट एजेण्डा अघि सारेकी छन्।>
कार्यक्रम मा स्थानीय मतदाताले उत्साहपूर्वक सहभागिता जनाएका थिए । उपस्थितहरूले आफ्ना समस्या र अपेक्षा राख्दै पुनम यादवप्रति विश्वास व्यक्त समेत गरेका छन् ।>
कार्यक्रमले मतदाता र उम्मेदवारबीच प्रत्यक्ष संवादको महत्त्व झल्काएको र आगामी फाल्गुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा सकारात्मक ऊर्जा थप्ने संकेत दिएको छ।>>