रौतहट–३ मा बढ्दो राजनीतिक तरंग: फतुवा विजयपुर–९ का सुरेन्द्र प्रसाद चौधरी एमाले परित्याग गर्दै नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

Naya Sansar Online TV 63+ समाचार ( )
१३ फाल्गुन २०८२

रौतहट–३ मा चुनावी माहोल तातेका बेला नयाँ राजनीतिक तरंग देखिएको छ। रौतहट क्षेत्र नं. ३ मा जनताको भावना र आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न दल परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी मा प्रवेश गर्नेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।

प्रतिनिधि सभा सदस्य उम्मेदवार पुनम यादव ले अघि सारेका विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका एजेन्डाले मतदाता मात्र होइन, अन्य पार्टीका नेता–कार्यकर्तालाई समेत आकर्षित गरिरहेको देखिन्छ।

यही क्रममा फतुवा विजयपुर नगरपालिका–९ का वडा प्रत्यासी सुरेन्द्र प्रसाद चौधरीले नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा औपचारिक प्रवेश गरेका छन्।

उहाँलाई पुनम यादवले टिका तथा माला लगाएर स्वागत गर्नुभएको थियो। कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार