>
रौतहट- फतुवा विजयपुर नगरपालिका अन्तर्गत सञ्चालित विद्यालयका लेखापाल र कार्यालय सहयोगीको तलब वृद्धि गर्न माग गर्दै प्रमुख प्रशासकिय अधिकृत भरत प्रसाद यादव लाई ज्ञापनपत्र बुझाएको छ।>
>
बुधबार नेपाल विद्यालय कर्मचारी युनियन नगर समिति का अध्यक्ष सुरेश लामिछानेकाे नेतृत्वमा गएका बिधालय का प्रधानध्यापक, शिक्षक, लेखापाल तथा कार्यालय सहयोगीहरुको संयुक्त टोलीले प्रमुख प्रशासकीय अधिकृत यादवलाई ज्ञापन पत्र बुझाएका हुन्।>
>
ज्ञापनपत्रमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेटबाट विद्यालय कर्मचारीको मासिक पारिश्रमिकमा तत्काल वृद्धि गर्न माग गरिएको छ। विशेषगरी नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउँदै आएका कर्मचारीलाई नगरपालिका बाट थप रकम गरी लेखापाल लाई प्रा. शी. तृतीय श्रेणी सरह र कार्यालय सहयोगीलाई निजामती कार्यालय सहयोगी श्रेणीविहिन सरहको रकम थपेर उपलब्ध गराउनुपर्ने युनियनको माग रहेको छ। साथै, यसलाई आगामी नगर परिषद बजेट विनियोजनमार्फत कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ।>
>
प्रमुख प्रशासकीय अधिकृत यादवले ज्ञापन पत्र स्वीकार गर्दै विद्यालयका कर्मचारीको भूमिका स्थानीय शिक्षा व्यवस्थामा महत्वपूर्ण रहेको उल्लेख गर्दै मागलाई सकारात्मक रूपमा लिइ नगरपालिकाले आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन दिएका छन्।>
>
हाम्रो माग पूरा नभए युनियनले भविष्यमा कडा कदम चाल्ने छ,” युनियनका नगर अध्यक्ष लामिछानेले ब>
ताएका छन्।>>