आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रौतहट क्षेत्र नं. ३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार पुनम यादवको पक्षमा जनलहर तीव्र बन्दै गएको छ। घरदैलो अभियान, टोल–टोल भेटघाट तथा युवासँग प्रत्यक्ष संवाद कार्यक्रमले मतदातामा नयाँ आशा र उत्साह सिर्जना गरेको स्थानीयहरूको भनाइ छ।>
पछिल्लो समय विभिन्न दल परित्याग गरी नेकपामा प्रवेश गर्नेहरूको संख्या बढ्नुले पनि पुनम यादवको उम्मेदवारीप्रति जनविश्वास थप बलियो भएको विश्लेषण गरिएको छ। विशेष गरी युवा, महिला र श्रमिक वर्गबीच उनको लोकप्रियता उल्लेख्य देखिएको छ।>
विकास र समावेशी एजेन्डा मुख्य आकर्षण>
पुनम यादवले आफ्नो चुनावी एजेन्डामा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि आधुनिकीकरण, खेलकुद पूर्वाधार तथा स्थानीय उद्योग स्थापना जस्ता विषयलाई प्राथमिकतामा राखेकी छन्।>
उहाँले “रौतहट–३ को समग्र विकास र जनताको आधारभूत आवश्यकताको सुनिश्चितता” आफ्नो मुख्य लक्ष्य भएको बताउँदै आएकी छन्।>
स्थानीय बासिन्दाहरूका अनुसार, विगतका जनप्रतिनिधिहरूबाट अपेक्षित विकास नहुँदा परिवर्तनको चाहना बलियो बनेको छ, जसको विकल्पका रूपमा पुनम यादवलाई हेरिएको छ।>
अन्तिम चार दिन : निर्णायक अभियान>
चुनावको अन्तिम चरणमा पुगेसँगै पुनम यादवले घरदैलो अभियानलाई तीव्र बनाएकी छन्। विभिन्न स्थानमा आयोजित कोणसभा र जनभेटघाटमा उल्लेख्य सहभागिता देखिएको छ।>
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार, यदि यही लय कायम रहे पुनम यादव रौतहट–३ मा बलियो प्रतिस्पर्धीका रूपमा उभिएकी छन्।>>