रौतहटका मुस्लिमहरूले वर्षाका लागि पढे विशेष नमाज

Naya Sansar Online TV 66+ समाचार ( )
१३ श्रावण २०८२

सरताज आलम रौतहट — लामो समयदेखि परेको खडेरीका कारण कृषिमा ठूलो असर परिरहेको बेला रौतहटका मुस्लिम समुदायले वर्षाका लागि विशेष नमाज (इस्तिस्का) अदा गरेका छन्।

सोमबार दिउँसो फतुवा बिजयपुर नगरपालिका र कटहरिया नगरपालिकाका विभिन्न मुस्लिम बस्तीका हजारौं मुस्लिम धर्मावलम्बीहरू लाल बकैया खोलाको किनारमा भेला भई विशेष नमाज अदा गरे।


उक्त नमाजमा फतुवा विजयपुर नपा, कटहरिया नपा अन्तर्गत सन्तपुर, दोस्तिया, विजयपुर, बाह्रवा, बलुवा, कटहरिया, बाँकेपुर, इस्लामपुर, बलिरामपुर लगायत आसपासका गाउँका मुस्लिम समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।


मौलाना तथा धार्मिक अगुवाहरूको नेतृत्वमा सामूहिक रूपमा नमाज अदा गरिँदा आकाशतिर हात उठाएर वर्षा होस् भनी प्रार्थना गरियो। उनीहरूले देशमा परेको खडेरी अन्त्य होस्, खेतबारीमा पानी पिओस् र जनजीवन सहज होस् भन्ने कामनासहित नमाज अदा गरेका थिए।

स्थानीय मौलाना भन्छन्, “जब वर्षा रोकिन्छ, बाली सुक्न थाल्छ र पानीको अभाव हुन्छ, इस्लाममा वर्ष को लागि विशेष नमाज "नमाज-ए-इस्तिस्का" पढेर अल्लाहसँग पानीको माग गर्ने परम्परा छ। आज पनि त्यही अनुसार हामी सबैले मिलेर दुआ गरेका हौं।”

प्रतिक्रिया

Raees Alam १३ श्रावण २०८२, सोमबार

👍👍👍👍 8

सम्बन्धित समाचार