महिला नेतृत्वप्रति बढ्दो भरोसा रौतहट–३ मा पुनम यादवप्रति जनआकर्षण तीव्र

Naya Sansar Online TV 62+ समाचार ( )
११ माघ २०८२

रौतहट निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा निर्वाचनको माहोल तातिँदै जाँदा नेपाली कम्युनिष्ट पार्टी की महिला उम्मेदवार पुनम यादवको चुनावी अभियानले उल्लेखनीय गति लिएको छ। चुनाव नजिकिँदै जाँदा उनले थालेको सशक्त चुनावी अभियानले गाउँ–टोलमा नयाँ आशा र भरोसाको सन्देश फैलाएको छ भने जनसमर्थन दिनप्रतिदिन मजबुत बन्दै गएको देखिन्छ। भेटघाट क्रममा पुनम यादव मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छिन्। महिलाको जीवनसँग प्रत्यक्ष जोडिएका समस्या, किसानका पीडा, युवाको रोजगारी र शिक्षा–स्वास्थ्यका सवालमा उनी खुलेर कुरा राख्दै समाधानका स्पष्ट योजनाहरू प्रस्तुत गरिरहेकी छन्। सरल, इमानदार र संघर्षशील महिला नेतृको छविका कारण महिला, युवा तथा अभिभावक वर्गमा उनको उम्मेदवारीप्रति विशेष आकर्षण देखिएको स्थानीयहरू बताउँछन्। महिलाको जीवनसँग प्रत्यक्ष जोडिएका समस्या, किसानका पीडा, युवाको रोजगारी र शिक्षा–स्वास्थ्यका सवालमा उनी खुलेर कुरा राख्दै समाधानका स्पष्ट योजनाहरू प्रस्तुत गरिरहेकी छन्। सरल, इमानदार र संघर्षशील महिला नेतृको छविका कारण महिला, युवा तथा अभिभावक वर्गमा उनको उम्मेदवारीप्रति विशेष आकर्षण देखिएको स्थानीयहरू बताउँछन्।

रौतहट–३ लाई कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीको केन्द्र बनाउने लक्ष्यसहित अघि बढेकी यादवले किसानलाई उचित मूल्य, युवालाई स्थानीय रोजगारी र महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएकी छन्। उखु, धान र तरकारी किसानको समस्या समाधानदेखि महिला उद्यमशीलता प्रवर्द्धनसम्मका योजनाले उनको अभियानलाई थप प्रभावशाली बनाएको छ।“महिलाले नेतृत्व गर्दा विकास मात्र होइन, संवेदनशीलता पनि आउँछ,” भन्ने विश्वाससहित स्थानीय महिलाहरू पुनम यादवको पक्षमा संगठित हुँदै गएका छन्। स्वच्छ राजनीति, पारदर्शिता र जनउत्तरदायी प्रतिनिधित्व नै आफ्नो मूल एजेन्डा भएको उनको भनाइ छ।वर्तमान राजनीतिक परिवेश हेर्दा महिला नेतृत्वप्रतिको बढ्दो चाहना, संगठित पार्टी संरचना र पुनम यादवको सक्रिय तथा जनमुखी अभियानका कारण रौतहट–३ मा नेपाली कम्युनिष्ट पार्टीको उपस्थिति थप बलियो बन्दै गएको संकेत देखिन्छ। “यो निर्वाचन परिवर्तनको हो, र परिवर्तन महिला नेतृत्वबाट सम्भव छ,” स्थानीय मतदाताहरूको प्रतिक्रिया छ।

प्रतिक्रिया

सम्बन्धित समाचार