रौतहट, फतुवा विजयपुर नगरपालिकामा आर्थिक प्रशासन प्रमुख रमेश कुमार यादव आजदेखि आफ्नो जिम्मेवारी सम्हाल्दै कार्यालयमा हाजिर हुनुभएको छ।>
नगरपालिकामा हाजिर हुनुभएका यादवलाई कार्यवाहक नगर प्रमुख अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद दाहालले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। यादवको आगमनसँगै नगरपालिकाको आर्थिक प्रशासन तथा लेखा व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्वागतका क्रममा नगरपालिकाको आर्थिक तथा प्रशासनिक कार्यलाई प्रभावकारी बनाउन आपसी समन्वय र सहकार्यलाई प्राथमिकता दिने विषयमा समेत जोड दिइएको थियो।>>