७२ वर्षमा पनि ‘अझै भिड्छु’ भन्ने जोशमा प्रचण्ड — युवालाई अवसरको सन्देश

Naya Sansar Online TV 62+ समाचार ( )
१८ माघ २०८२

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उमेरले जोश कम नगरेको भन्दै आफू अझै केही वर्ष सक्रिय राजनीतिमा रहने बताएका छन्। सोलुखुम्बुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले युवापुस्तालाई समय र अवसरको भरपूर सम्भावना रहेको सन्देश दिए।

‘म ७२ वर्षको भएँ, तर अझै केही वर्ष भिड्छु भन्ने आत्मविश्वास छ,’ प्रचण्डले भने, ‘तपाईंहरू ४० वर्ष वरिपरिका युवाहरूका लागि त अझ धेरै समय र अवसर बाँकी छ।’ उनले युवालाई राजनीति र विकासका अभियानमा अघि बढ्न आग्रह गरे।

सोलुखुम्बुसँग आफ्नो विशेष सम्बन्ध रहेको स्मरण गर्दै उनले विगतमा जिल्लालाई प्राथमिकतामा राखेको र आगामी दिनमा पनि त्यही प्रतिबद्धता कायम रहने आश्वासन दिए। सगरमाथाको काखमा अवस्थित जिल्ला भएकाले यहाँको निर्वाचन परिणामप्रति विश्वकै ध्यान रहने उनको भनाइ थियो।

प्रचण्डले सोलुखुम्बुको विकास, पूर्वाधार र पर्यटन प्रवर्द्धनका योजनालाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार