रौतहटमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न, ६३ प्रतिशत मत खस्यो

Naya Sansar Online TV 62+ समाचार ( )
२१ फाल्गुन २०८२

रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट जिल्ला मा बिहीबार शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म सञ्चालन भएको थियो।

निर्वाचन कार्यालयका अनुसार जिल्लाभरका अधिकांश मतदान केन्द्रहरूमा मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको थियो। दिनभर कुनै ठूला अप्रिय घटना नहुँदा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।

प्रारम्भिक विवरणअनुसार रौतहट जिल्लामा करिब ६३ प्रतिशत मत खसेको बताइएको छ।

मतदान सकिएसँगै जिल्लाभरका मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गरी सम्बन्धित मतगणना स्थलतर्फ ल्याउने कार्य सुरु गरिएको छ। निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरी कडा सुरक्षा व्यवस्था मिलाइएको थियो।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार आवश्यक तयारी पूरा भएपछि मतगणना कार्य सुरु हुने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार