रौतहटमा ‘प्रेस’ स्टीकरमा कडाइ: अब आधिकारिक गाडीमा मिडिया हाउसको नाम मात्र।

Naya Sansar Online TV 63+ समाचार ( )
१६ भाद्र २०८२

रौतहट । जिल्लामा ‘प्रेस’ लेखिएका सवारी साधनको दुरुपयोग बढेसँगै नेपाल पत्रकार महासंघ रौतहट शाखाले अबदेखि कडाइ गर्ने निर्णय गरेको छ।

शाखा समितिको बैठकले निर्णय गर्दै भन्यो, “अब सर्वसाधारण सवारीमा ‘प्रेस’ लेख्न पाइने छैन। मिडिया संस्थाको नाममा आधिकारिक रूपमा दर्ता भएको गाडीमा मात्र सम्बन्धित मिडिया हाउसको नाम लेख्न अनुमति हुनेछ।”

कहिले लेख्न पाइने ‘प्रेस’?

महासंघले स्पष्ट गरेको छ— आपतकालीन अवस्था, कर्‍फ्यू वा विशेष प्रतिबन्धित परिस्थितिमा मात्र पत्रकार र सञ्चारकर्मीले ‘प्रेस’ लेखिएको सवारी प्रयोग गर्न सक्नेछन्। सामान्य अवस्थामा भने सो प्रयोग निषेध गरिएको छ।

दुरुपयोगमा कडाइ र निगरानी

हाल ‘प्रेस’ नाममा सवारी साधनको व्यापक दुरुपयोग र अनियमितता भएको गुनासो बढेसँगै, जिल्ला ट्राफिक र प्रहरी कार्यालयलाई पत्राचार गर्दै तत्काल छानबिन र कडा निगरानी सुरु गर्ने तयारी गरिएको महासंघले जनाएको छ।

पत्रकारिताको मर्यादा र विश्वासको रक्षा

महासंघले यो निर्णयलाई पत्रकारिताको विश्वसनीयता र शुद्धता कायम राख्ने महत्वपूर्ण कदम बताउँदै सबै सञ्चारकर्मी र सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार