रौतहट - फतुवा बिजयपुर नगरपालिका–१० दुधिअवामा आइतबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्की एकजना घाइते भएकी छन्।>
बिजयपुरबाट जंगलसहिया जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको रातो नम्बर प्लेटको पिकअप गाडीले ठक्कर दिएको थियो। सो दुर्घटनामा मोटरसाइकल चालक कटहरिया नगरपालिका–५ निवासी नेपाल प्रहरीका पूर्व सहायक निरीक्षक (असई) ६० वर्षीय सुशील कुमार क्षेत्री र पछाडि सवार उनकी ५५ वर्षीया पत्नी रिता रोक्का घाइते भएका थिए।>
गम्भीर घाइते दम्पतीलाई उपचारका लागि तुरुन्तै वीरगन्जस्थित नेशनल मेडिकल कलेज लगिएको थियो। तर, उपचारका क्रममा पूर्व असई क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए। श्रीमती रोक्काको भने हाल सोही अस्पतालमा उपचार भइरहेको छ।>
घटना मा संलग्न फरार रहेको गाडी र चालकलाई खोजीपछि प्रहरीले नियन्त्रणमा लिएको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।>>