रौतहटको फतुवा बिजयपुर नगरपालीका ११ नं वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । वडा कार्यालय भवनको बुधबार वाड नं ११ का वडा अध्यक्ष ज्ञानेन्द्र चौधरीले उद्घाटन गर्नुभएको हो । >
>
वडा कार्यालय भवन उद्घाटन गर्दै वडाध्यक्ष चौधरिले वडा कार्यालय भवन निर्माणसँगै नागरिकले सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।>
>
कार्यक्रममा वडा नं ११ का वडा सदस्य/जनप्रतिनिधिहरु,कर्मचारी,लगायत वडा का अग्रज व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।>>