जलेश्वर — छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा महोत्तरीको जलेश्वरमा आइतबार दिनभरि विद्यार्थी आन्दोलित भएका छन्। जलेश्वर नगरपालिका–२ स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापकले विद्यालयकी एक छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन्।>
छात्राहरूले प्रधानाध्यापकले कक्षाकोठामा आफूमाथि दुर्व्यवहार गरेको बताएपछि आइतबार विद्यालय सुरु हुनासाथ आन्दोलन सुरु भएको थियो। विद्यार्थीहरूले प्रधानाध्यापकलाई कारबाही गर्नुपर्ने माग राखेका छन्।>
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीका अनुसार घटनाको सुक्ष्म अनुसन्धान भइरहेको छ। उनले भने, “सोमबार सर्वपक्षीय बैठक बोलाइएको छ। दोषी देखिए प्रधानाध्यापकविरुद्ध कानुनी कारबाही अघि बढाइनेछ।”>
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल प्रसाद जयसवारका अनुसार विद्यार्थी आन्दोलनपछि प्रधानाध्यापकलाई नियन्त्रणमा लिइएको छ। उनले भने, “विद्यार्थीलाई सम्झाई आन्दोलन रोकिएको छ र घटनाको थप अनुसन्धान भइरहेको छ।”>
>
#aarambhaonline>>