बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले निर्वाचन आचारसंहिता विपरीत बालबालिकालाई चुनावी प्रचारप्रसारमा प्रयोग गरिएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता सकिएसँगै विभिन्न स्थानमा बालबालिकालाई राजनीतिक गतिविधिमा संलग्न गराइएको घटनाप्रति अभियानले आपत्ति जनाएको हो। सिजपका अनुसार बालबालिकालाई जुलुसमा सहभागी गराउने, राजनीतिक दलको चुनाव चिन्ह तथा उम्मेदवारको तस्वीर अंकित टिसर्ट लगाउन बाध्य पार्ने, विद्यालय पोशाकमै पार्टी कार्यालय तथा सम्पर्क कार्यालयमा उपस्थित गराउने र दलगत प्रचारका लागि झण्डा बोकाउनेजस्ता क्रियाकलापहरू भइरहेका छन्। यस्ता गतिविधि निर्वाचन आचारसंहिता मात्र होइन, बालअधिकारसम्बन्धी कानुनको समेत उल्लंघन भएको अभियानको ठहर छ। अभियानका अध्यक्ष तिलोत्तम पौडेलले ‘बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन्’ भन्ने स्थापित मान्यतालाई कमजोर बनाउने यस्ता क्रियाकलाप तुरुन्त बन्द गर्न आग्रह गरेका छन्। उनले बालबालिकासम्बन्धी ऐन, २०७५ तथा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ को भावना र व्यवस्था विपरीत हुने गरी बालबालिकाको दलगत प्रयोग गरिएको बताए। यस्ता गतिविधिले बालबालिकाको मानसिक अवस्था, सुरक्षा र शैक्षिक वातावरणमा नकारात्मक असर पार्नुका साथै उनीहरूको भविष्य र समग्र समाजमै दीर्घकालीन प्रभाव पार्ने अध्यक्ष पौडेलको भनाइ छ। सिजपले निर्वाचन आचारसंहिताको प्रभावकारी अनुगमन गर्दै दोषीमाथि कडा कारबाही गर्न निर्वाचन आयोगसँग आग्रहसमेत गरेको छ।>>
चुनावी प्रचारमा बालबालिकाको प्रयोगप्रति सिजपको आपत्ति, आयोगसँग कडा कारबाहीको माग
प्रतिक्रिया
ताजा समाचार
‘हाकिम पठाऊ, बजेट बचाऊ’ भन्दै रौतहटमा प्रधानमन्त्र...
Naya Sansar Online TV | २५ असार २०८३
१०० दिनमा सरकारको ‘परिवर्तन’ दाबी: १८ मन्त्रालय, २...
Naya Sansar Online TV | २० असार २०८३
मूल्य घट्यो, तर रौतहटमा कृत्रिम अभाव! पेट्रोल पम्प...
Naya Sansar Online TV | १७ असार २०८३
पुनम यादवको घोषणा: दलीय राजनीतिबाट विदा, अब स्वतन्...
Naya Sansar Online TV | १९ वैशाख २०८३
गौर अदालतभित्रै घुस काण्डः डिठ्ठा लव कुमार सिंह ५०...
Naya Sansar Online TV | १७ चैत्र २०८२
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्...
Naya Sansar Online TV | १४ चैत्र २०८२