मूल्य घट्यो, तर रौतहटमा कृत्रिम अभाव! पेट्रोल पम्पको मनपरीले सेवाग्राही मारमा

Naya Sansar Online TV 66+ समाचार ( )
१७ असार २०८३

नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेलको मूल्य ३० रुपैयाँ घटाएको छ। तर, रौतहटका विभिन्न पेट्रोल पम्पहरूले निगमको नयाँ मूल्यसूची कार्यान्वयन नगरी पुरानै दरमा इन्धन बिक्री गरिरहेको आरोप लागेको छ। यति मात्र होइन, केही पेट्रोल पम्पहरूले पेट्रोल र डिजेल मौज्दात हुँदाहुँदै पम्प बन्द गरेर कृत्रिम अभाव सिर्जना गरेको स्थानीय सेवाग्राहीहरूको गुनासो छ। जसका कारण जिल्लामा इन्धनको हाहाकार मच्चिएको छ। सर्वसाधारणले घण्टौँ लाइन बस्नुपर्ने, सवारीसाधन सञ्चालनमा समस्या हुने र दैनिक जनजीवन नै प्रभावित हुने अवस्था देखिएको छ। सरकारी निर्णयलाई खुला रूपमा बेवास्ता गर्दै उपभोक्तामाथि आर्थिक भार थप्ने र कृत्रिम अभाव सिर्जना गर्ने कार्य भइरहँदा सम्बन्धित नियामक निकाय भने मौन देखिएको भन्दै स्थानीयले तत्काल अनुगमन, कारबाही र नयाँ मूल्यसूची अनिवार्य रूपमा लागू गराउन माग गरेका छन्।

प्रश्न उठेको छ—सरकारले मूल्य घटाउँदा पनि रौतहटका केही पेट्रोल पम्पले पुरानै मूल्यमा बिक्री गर्ने र पम्प नै बन्द गरेर उपभोक्तालाई दुःख दिने छुट कसले दिएको हो? अब सम्बन्धित निकाय कहिले जाग्छ?

प्रतिक्रिया

सम्बन्धित समाचार