फतुवा विजयपुर–६ का पूर्व वडा अध्यक्ष हिरालाल यादव नेपाली कम्युनिष्ट पार्टी मा प्रवेश, रौतहट–३ मा राजनीतिक तरंग

Naya Sansar Online TV 63+ समाचार ( )
९ फाल्गुन २०८२

रौतहट क्षेत्र नं. ३ मा चुनाव नजिकिँदै गर्दा पार्टी परिवर्तनको क्रम तीव्र बनेको छ। फतुवा विजयपुर नगरपालिका वडा नं. ६ का पूर्व वडा अध्यक्ष तथा नेपाली कांग्रेसका नेता हिरालाल यादव ले नेपाली कांग्रेस परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा औपचारिक रूपमा प्रवेश गर्नुभएको छ।

उहाँलाई कार्यक्रममा पार्टी नेतृ तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार पुनम यादव ले विशेष स्वागत गर्नुभएको थियो। कार्यक्रममा दर्जनौँ स्थानीय नेता तथा कार्यकर्ताले समेत पार्टी प्रवेश गरेका छन्।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुनम यादवले रौतहट–३ मा “कुरा होइन, काम गर्ने व्यक्तिको खाँचो रहेको” बताउँदै परिवर्तनका लागि एकताको आवश्यकता औंल्याउनुभयो। उहाँले देश र क्षेत्रको भविष्य सुरक्षित गर्न समयमै सही निर्णय लिन सबैलाई आह्वान गर्दै नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्न तथा चुनाव चिह्न ‘तारा’मा मतदान गर्न अपिल गर्नुभएको छ।

स्थानीय तहमा प्रभाव राख्ने नेताको प्रवेशसँगै रौतहट–३ को राजनीतिक समीकरणमा नयाँ तरंग सिर्जना भएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार