फतुवा बिजयपुरमा नेपाली कांग्रेसको विरोध प्रदर्शन : संविधान र लोकतन्त्रको संरक्षणमा जोड

Naya Sansar Online TV 62+ समाचार ( )
२६ भाद्र २०८२

रौतहटको फतुवा बिजयपुरमा नेपाली कांग्रेस नगर समितिद्वारा संविधान २०७२ को रक्षा र लोकतन्त्रको संरक्षणका लागि विरोध प्रदर्शन गरिएको छ।


शुक्रबार गरिएको प्रदर्शनमा सहभागीहरूले संविधानमाथि बढ्दो खतरा, विदेशी हस्तक्षेप र देशलाई सैन्यकरणतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै विरोध जनाए। उनीहरूले संविधानको रक्षा, राष्ट्रपतिलाई सक्रिय भूमिका, भ्रष्टाचार र बेथितिको अन्त्य तथा लोकतन्त्रको पुनर्बहालीको माग उठाए।

नेपाली कांग्रेसका युवा नेता ज्ञानेन्द्र प्रसाद यादवले प्रदर्शनलाई सम्बोधन गर्दै, “विदेशी हस्तक्षेप बढ्दै गएको छ, भ्रष्टाचार र बेथितिले मुलुकलाई संकटतर्फ धकेल्दैछ। संविधान र लोकतन्त्र जोगाउन कांग्रेस सडकमा उत्रिएको हो,” भने।

प्रतिक्रिया

PREM CHAUDHARY २९ भाद्र २०८२, आइतबार

iniharu aafaii bharastachari chor Hun

सम्बन्धित समाचार