रौतहट–३ को समग्र विकासका लागि पुनम यादवलाई जिताउनुपर्छ — बिन्देश्वर यादव

Naya Sansar Online TV 66+ समाचार ( )
२ फाल्गुन २०८२

आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विन्देश्वर यादव ले रौतहट क्षेत्र नं. ३ को समग्र उन्नति र विकासका लागि पुनम यादवलाई निर्वाचित गराउनुपर्ने धारणा व्यक्त गरेका छन्।

उनले भने, “विगतमा धेरै आश्वासनहरू आए, तर जनअपेक्षाअनुसार परिणाम देखिएन। अब रौतहट–३ लाई स्पष्ट दृष्टिकोण, प्रतिबद्धता र निरन्तर काम गर्ने नेतृत्व चाहिएको छ। मेरो विचारमा पुनम यादव नै यस क्षेत्रको विकास यात्रालाई सही दिशा दिन सक्ने उम्मेदवार हुन्।”

विन्देश्वर यादवका अनुसार शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि आधुनिकीकरण तथा आधारभूत पूर्वाधार निर्माण अहिलेका प्रमुख आवश्यकता हुन्। यी क्षेत्रमा योजनाबद्ध ढंगले काम गर्न सक्ने क्षमता र इच्छाशक्ति पुनम यादवमा रहेको उनले दाबी गरे।

“जनताले यसपटक केवल आश्वासन होइन, परिणाम दिने नेतृत्व रोज्नुपर्छ,” उनले थपे। उनका अनुसार यो निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई रौतहट–३ को भविष्य तय गर्ने अवसर पनि हो।

प्रतिक्रिया

सम्बन्धित समाचार