रोजगारीलाई पहिलो प्राथमिकता: पुनम यादवको एजेन्डा रौतहट–३ मा चर्चामा

Naya Sansar Online TV 62+ समाचार ( )
१६ फाल्गुन २०८२

रौतहट क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल तीव्र हुँदै गएको छ। नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार पुनम यादव ले आफ्नो चुनावी एजेन्डामा युवालाई रोजगारी, कलकारखाना स्थापना र सीप विकास तालिमलाई पहिलो प्राथमिकता बनाएकी छन्।

स्थानीय युवाहरूले विगतमा रोजगार र उद्योगको अवसर नपाएका कारण निराशा व्यक्त गर्दै आएका थिए। पुनम यादवले घरदैलो कार्यक्रम तथा प्रत्यक्ष संवादमा भनेकी छन्,

“अब भाषण र नारा मात्र पर्याप्त छैन। युवालाई अवसर दिने काम गर्नुपर्ने समय आएको छ। कलकारखाना, सीप तालिम र रोजगार सिर्जना मेरो पहिलो जिम्मेवारी हुन्।”

मतदाता बीच यसको सकारात्मक प्रभाव देखिएको छ। विशेषगरी युवा वर्ग र महिला मतदातामा उत्साह उच्च रहेको स्थानीय स्रोतहरूले जनाएका छन्।

स्थानीय विश्लेषकका अनुसार, रौतहट–३ का मतदाताले यसपटक पटक–पटक निर्वाचित भई असन्तोष सिर्जना गरिसकेका नेताहरूको मूल्यांकन गरी, वास्तविक काम देखाउने उम्मेदवारतर्फ आकर्षित हुने संकेत देखाइएको छ।

पुनम यादवको परिणाममुखी एजेन्डा, युवा र महिलासँग प्रत्यक्ष संवाद, र स्पष्ट रोजगारी योजना यस निर्वाचनमा उनको बलियो पक्ष बनेको विश्लेषकहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार